Thursday, April 16, 2026

ओली र लेखकको रिहाइ माग्दै सर्वोच्चमा सुनुवाइ आज, पक्राउ विवादले तात्यो राजनीति


काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

सर्वोच्च अदालतमा ओलीसम्बन्धी रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा तथा लेखकसम्बन्धी रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ।

ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्य र लेखकका तर्फबाट उनकी पत्नी यशोधाले आइतबार रिट दर्ता गराएका हुन्। उनीहरूलाई गैरकानुनी रूपमा पक्राउ गरी हिरासतमा राखिएको दाबी गर्दै रिहाइको माग गरिएको छ।

जेन–जी आन्दोलनमा लापरबाही गरेको आरोपमा गौरी आयोगको सिफारिसपछि ज्यानसम्बन्धी कसुरमा प्रहरीले दुवै नेतालाई शनिबार बिहान पक्राउ गरेको थियो।

यसअघि काठमाडौं जिल्ला अदालतले उनीहरूलाई पाँच दिनसम्म हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like