- by समाचार कक्ष
- Mar 06, 2025
सुर्खेत । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१२ स्थित सिद्धगुफा सामुदायिक वनबाट प्रहरीले तीन थान अवैध भरुवा बन्दुक बरामद गरेको छ ।
गोप्य सूचनाको आधारमा प्रहरीले वन क्षेत्रमा खोजी अभियान चलाउँदा लुकाइछिपाइ राखिएको अवस्थामा बेवारिसे बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईका अनुसार बरामद भएका बन्दुक कसले र कुन उद्देश्यले त्यहाँ राखेको हो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको छ ।
घटनाबारे थप विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।