Monday, June 1, 2026

लेबनानमा नयाँ युद्धको संकेत? इजरायलले दक्षिणी क्षेत्र खाली गर्न दियो कडा चेतावनी


१४ जेठ, काठमाडौं । इजरायली सेनाले दक्षिणी लेबनानको ठूलो भूभाग तत्काल खाली गर्न चेतावनी दिएको छ । नयाँ सैन्य कारबाहीको तयारीस्वरूप उक्त क्षेत्रलाई ‘युद्ध क्षेत्र’ घोषणा गर्दै स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिइएको हो ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले दक्षिणी लेबनानका नागरिकलाई जहरानी नदीको उत्तरतर्फ सर्न आग्रह गरेको छ । बीबीसीका अनुसार उक्त नदी इजरायली सीमाबाट करिब ४० किलोमिटर टाढा पर्दछ ।

आईडीएफले आगामी दिनमा अझ कडा सैन्य कारबाही हुन सक्ने संकेत गर्दै हिज्बुल्लाहमाथि पटक–पटक युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।

बीबीसीका अनुसार १७ अप्रिलमा लागू भएको युद्धविरामपछि जारी गरिएको यो सबैभन्दा ठूलो खाली गराउने आदेश हो । यस निर्णयले लेबनानको झण्डै १४ प्रतिशत भूभाग प्रभावित हुने अनुमान गरिएको छ ।

यसअघि बुधबार इजरायलले दक्षिणी लेबनानको टायर सहरमा हवाई हमला गरेको थियो । उता हिज्बुल्लाहले पनि इजरायलमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आफ्ना लडाकु र इजरायली सैनिकबीच झडप भएको दाबी गरेको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like