Thursday, April 16, 2026

रवि लामिछानेको चुनाव खर्च खुलासा: ९ लाख ८९ हजारमै जित


काठमाडौं । चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका छन्।

निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार लामिछानेले चुनावी अभियानमा कुल ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च भएको बताएका छन्।

उनका अनुसार उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ खर्च भएको छ भने नमूना मतपत्र छपाइमा ६८ हजार १ सय ६१ रुपैयाँ खर्च गरिएको उल्लेख छ। त्यसैगरी यातायात तथा इन्धनमा २ लाख ९५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

यस्तै, मतदाता प्रशिक्षणका क्रममा खाजामा १४ हजार २ सय रुपैयाँ खर्च भएको छ। वडास्तरीय प्रचारप्रसारमा ४६ हजार रुपैयाँ खर्च गरिएको छ भने प्रचार सामग्री खरिदमा १ लाख १२ हजार रुपैयाँ खर्च भएको जनाइएको छ।

त्यसैगरी ब्यानर तथा स्टिकर निर्माणमा ५५ हजार रुपैयाँ र खाद्यान्न खरिदमा १ लाख ९६ हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख गरिएको छ।

लामिछानेले हवाई यात्राका लागि १३ हजार ६ सय २६ रुपैयाँ खर्च भएको बताएका छन् भने गोष्ठी तथा भेलाहरू आयोजना गर्न १ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like