Thursday, April 16, 2026

रवि लामिछाने मुद्दा: सर्वोच्चमा बहस सकियो, अब निर्णयको प्रतीक्षा


काठमाडौं, १५ चैत - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा संशोधन प्रकरणमा सर्वोच्च अदालतमा भएको बहस सम्पन्न भएको छ।

न्यायाधीश विनोद शर्माअब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ भएको थियो। सुनुवाइका क्रममा प्रारम्भमा लामिछानेको पक्षबाट पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले बहस प्रस्तुत गरेका थिए।

उनको बहसपछि निवेदक पक्षले जवाफी बहस गरेको थियो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार हाल बहस सकिएको छ र न्यायाधीशहरू निर्णयका लागि आन्तरिक छलफलमा रहेका छन्।

यस प्रकरणमा निवर्तमान महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।

उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल, तथा सिन्धुलीका **युवराज पौडेल ‘सफल’**ले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

यसअघि पुस ३० गते भण्डारीले लामिछानेमाथि सहकारी ठगीसम्बन्धी मुद्दा मात्र चलाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी थिइन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like