Monday, March 2, 2026

रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य काठमाडौं–२ बाट उम्मेदवार बन्ने


४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्य आगामी निर्वाचनमा काठमाडौं–२ बाट उम्मेदवार हुने भएका छन्।

यसअघि समानुपातिक उम्मेदवारको सूचीमा रहेका आचार्यले आफ्नो नाम फिर्ता लिएपछि प्रत्यक्षतर्फ उम्मेदवारी तय भएको हो। अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट सोविता गौतम विजयी भएकी थिइन्।

रास्वपाले यसपटक सोविता गौतमलाई चितवन–३ बाट उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। त्यससँगै काठमाडौं–२ मा सहमहामन्त्री आचार्यलाई अघि सार्ने पार्टीको तयारी रहेको बताइएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like