- by समाचार कक्ष
- Mar 06, 2025
३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम सुरु हुँदैछ।
पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार उक्त कार्यक्रम बुधबारसम्म काठमाडौंमा सञ्चालन हुने छ। अभिमुखीकरणमा सहभागी हुन सांसदहरू काठमाडौं आइपुगेका छन्।
कार्यक्रम ललितपुरस्थित एक होटेलमा आयोजना गरिएको छ। अभिमुखीकरणमार्फत सांसदहरूलाई संसदीय प्रक्रिया, पार्टी नीति तथा जिम्मेवारीबारे जानकारी दिइने जनाइएको छ।
हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ १२५ सिट जितेको थियो भने समानुपातिक प्रणालीबाट थप ५७ जना सांसद संसदमा पुगेका छन्।