Wednesday, April 15, 2026

राप्रपामा भूकम्प: डा. लोहनीको राजीनामा, नेतृत्व भंग गरी तदर्थ समितिको माग


काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा आएको अप्रत्याशित नतिजाप्रति असन्तुष्टि जनाउँदै उनले पद त्याग गरेका हुन्।

आइतबार जारी विज्ञप्तिमार्फत डा. लोहनीले पार्टीका जिम्मेवार नेतृत्वले मार्ग प्रशस्त गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले जनभावनाअनुसार तदर्थ समिति गठन गरी नयाँ महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

उनका अनुसार महाधिवेशनमार्फत नयाँ जिम्मेवारी प्राप्त भएपछि मात्र पदमा रहने अभ्यासलाई स्थापित गर्न आवश्यक रहेको छ। सोही मान्यतालाई सम्मान गर्दै आफूले राजीनामा दिएको उनले स्पष्ट पारे।

डा. लोहनीले पार्टीको कमजोर चुनावी प्रदर्शनका लागि आन्तरिक र अन्य विविध कारण जिम्मेवार रहेको उल्लेख गर्दै वर्तमान परिस्थितिमा जनताको अपेक्षाअनुसार अघि बढ्न सबै पक्षलाई आग्रह गरेका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like