Wednesday, April 15, 2026

लिपुलेक नक्सा हाम्रो, व्यापार नियन्त्रण अरूकै: गोकुल बास्कोटा चिन्ता व्यक्त


काठमाडौँ । एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले लिपुलेक नक्सा नेपाली भुभागमा परेको भए पनि व्यापारिक नियन्त्रण अन्य देशको हातमा गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

उनले भारतले नेपाली भूमि लिपुलेक क्षेत्र प्रयोग गरेर चीनसँग व्यापार मार्ग सञ्चालन गर्ने तयारी गरेको प्रति निराशा प्रकट गरेका हुन्। पाँच वर्षदेखि बन्द रहेको लिपुलेक नाका आगामी जुन १ देखि भारत-चीन व्यापारिक मार्गका लागि खोलिने घोषणा भएपछि बास्कोटाले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका हुन्।

उनले भने, “लिपुलेक नक्सा हाम्रो भए पनि नियन्त्रण अरूकै भयो। वार्षिक एक सय २८ अर्ब डलरको कारोबार गर्ने दुई छिमेकीको योजनामा सानो व्यापारिक नाकामा हामी छेउमै बसेर हेर्नुपर्ने अवस्था आएको छ। शक्ति र समयको संयुक्त प्रहार यही हो।”

उनको टिप्पणीले नेपाल-भारत-चीन त्रिपक्षीय सम्बन्धमा लिपुलेकको राजनीतिक र आर्थिक संवेदनशीलता अझै कायमै रहेको देखाएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like