Saturday, September 6, 2025

रुपन्देही नक्कली प्रमाणपत्र प्रकरण: रास्वपा नेतासहित थप एक पक्राउ


बुटवल, ६ भदौ ।
रुपन्देहीमा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोहमा संलग्न रहेको आरोपमा थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति चितवनको कालिका नगरपालिका–५ पदमपुरका हरिप्रसाद कँडेल हुन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कँडेललाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको हो। डिएसपी सुरज कार्कीले दिएको जानकारीअनुसार उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश समिति सल्लाहकार हुन्।

कँडेलले चितवनको लायन्सचोकमा “कलेज कोच नेपाल प्रालि” नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए, जसका उनी अध्यक्षसमेत हुन्।

यसअघि, साउन ३० गते रुपन्देहीको बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट भारतको कानपुर नौबस्ती निवासी २५ वर्षीय अभिषेक यादव नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ परेका थिए। प्रहरीले यादवको साथबाट त्रिभुवन विश्वविद्यालयका १०० वटा ट्रान्सक्रिप्ट, ३६ वटा खाली प्रमाणपत्र, विभिन्न संस्थाका ३ नक्कली प्रमाणपत्र, ५ स्ट्याम्प प्याड, नक्कली होलोग्राम र स्टिकरहरू बरामद गरेको थियो।

प्रारम्भिक अनुसन्धानमा यादवले हरिप्रसाद कँडेलका लागि काम गरेको स्वीकार गरेपछि प्रहरीले कँडेललाई पक्राउ गरेको हो।

यस घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको खोजी र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like