- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । राष्ट्रिय सभा सदस्य रेणु चन्दले सिंहदरबारभित्र पैदल आउने सांसदहरूका लागि प्रवेश प्रक्रिया सहज बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले सबै सांसदसँग निजी सवारी साधन नहुने भएकाले पैदल वा सार्वजनिक यातायात प्रयोग गर्ने सांसदहरूलाई प्रवेशमा समस्या भइरहेको बताइन् ।
उनका अनुसार सवारी साधनमा आउने सांसदहरूका लागि सिंहदरबार प्रवेश सहज भए पनि पैदल आउने सांसदहरूले असहजता भोग्नुपरेको छ ।
सांसद चन्दले विशेषगरी सिंहदरबारको दक्षिण गेट नजिकको पुरानो बाटो पुनः सञ्चालन गर्न सरकारसँग आग्रह गरिन् । उनले पैदल आवागमन सहज बनाउने व्यवस्था आवश्यक रहेको पनि जोड दिइन् ।
उनले सुविधा माग्दा जनतामा नकारात्मक सन्देश जाने भन्दै आफूले सवारी साधन नभई केवल पैदल आवागमन सहज बनाउने माग मात्र राखेको स्पष्ट पारिन् ।