Monday, June 1, 2026

एनसेल मुख्यालयमा सिआईबीको छापा, महत्वपूर्ण कागजात नियन्त्रणमा


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लैनचौरस्थित मुख्यालयमा छापा मारेर अनुसन्धान अघि बढाएको छ ।

सिआईबी स्रोतका अनुसार एनसेलसँग सम्बन्धित अनियमितताबारे अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन र नेपाल दूरसञ्चार प्राधिकरणको पत्राचारका आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो ।

स्मार्ट टेलिकमसँग सम्बन्धित सम्पत्ति लिलामी प्रकरणपछि एनसेल विवादमा तानिएको बताइएको छ । स्रोतका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकसँगको सहकार्यमा स्मार्ट टेलिकमका सामान गैरकानुनी रूपमा लिलामी गरिएको आशंकामा अनुसन्धान केन्द्रित गरिएको हो ।

यसअघि पनि शेयर बाँडफाँटसँग जोडिएका केही विवादास्पद गतिविधिका कारण एनसेल अनुसन्धानको दायरामा परेको सिआईबीले जनाएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले कम्पनीबाट केही महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको र थप अनुसन्धान जारी रहेको स्रोतको भनाइ छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like