- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएको छ । उनको बुधबार निधन भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
प्रधानको निधनप्रति शोक व्यक्त गर्दै सर्वोच्च अदालतले बिहीबारका लागि तय भएका सबै इजलास सञ्चालन नगर्ने निर्णय गरेको छ । सर्वोच्च अदालत प्रशासन शाखाका अनुसार शोकका कारण आज अदालतको नियमित सुनुवाइ प्रभावित हुने भएको हो ।
न्याय क्षेत्रमा लामो समय योगदान दिएका प्रधानको निधनप्रति कानुन व्यवसायी तथा न्यायिक वृत्तमा शोक व्यक्त गरिएको छ ।