Monday, June 1, 2026

नेपाल टेलिकमले पायो नयाँ प्रवक्ता, जिम्मेवारी कमल लामिछानेलाई


काठमाडौँ । नेपाल टेलिकमले कम्पनीको प्रवक्ताको जिम्मेवारी प्रबन्धक कमल लामिछानेलाई दिएको छ ।

कम्पनीले बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत लामिछानेलाई नयाँ प्रवक्ताका रूपमा नियुक्त गरिएको हो ।

अब कम्पनीका आधिकारिक धारणा, सूचना तथा सञ्चारसम्बन्धी गतिविधि प्रवक्ता लामिछानेमार्फत सार्वजनिक गरिने टेलिकमले जनाएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like