Monday, June 1, 2026

प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना मल्ल २० दिन बिदामा, सर्वोच्चमा बढ्यो चर्चा


६ जेठ, काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेकी छन् । प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्माको नियुक्तिपछि उनी बिदामा गएको जानकारी सर्वोच्च अदालतले दिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार मल्लले २० दिनको बिदा लिएकी हुन् । यसअघि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उमेरहदका कारण अवकाश भएपछि मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

तर संवैधानिक परिषद्ले आफूभन्दा जुनियर रहेका डा. मनोज कुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि मल्ल असन्तुष्ट रहेको चर्चा चलेको थियो ।

संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि डा. शर्माले मंगलबार शपथ ग्रहण गर्दै औपचारिक रूपमा पदभार ग्रहण गरिसकेका छन् । यद्यपि, उनको शपथ ग्रहण समारोहमा न्यायाधीश मल्ल सहभागी नभएको पनि बताइएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like