Monday, June 1, 2026

‘प्रधानमन्त्री नआए संसद् बहिस्कार गर्छौं’ - विपक्षी दलको कडा चेतावनी


सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाह स्वयंले नदिए संसद् बैठक बहिस्कार गर्ने चेतावनी विपक्षी दलले दिएको छ ।

प्रतिनिधि सभा बैठकमा विपक्षी दलका तर्फबाट बोल्दै सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको लगातारको अनुपस्थितिलाई गम्भीर विषयका रूपमा लिइएको बताए । उनले प्रधानमन्त्रीले संसदीय परम्परा र मर्यादालाई बेवास्ता गरेको आरोप लगाए ।

केसीले प्रधानमन्त्रीले सदनप्रति जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री अनुपस्थित रहने हो भने विपक्षी दल बैठकमा सहभागी हुन नसक्ने चेतावनी दिए ।

उनले प्रधानमन्त्रीले पटक–पटक संसदीय अभ्यास र मूल्य मान्यताको उपेक्षा गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । “प्रधानमन्त्रीले प्रस्तुत गर्नुपर्ने विषय अर्को मन्त्रीमार्फत राख्ने परम्परा भए पनि सदनप्रति देखिएको बेवास्ताले गम्भीर प्रश्न उठाएको छ,” उनले भने ।

केसीले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री उठेर बाहिरिएको घटनालाई पनि संसदीय शिष्टाचारविपरीत भएको टिप्पणी गरे । विपक्षी दलले प्रधानमन्त्रीको व्यवहारले संसद्को गरिमा कमजोर भएको आरोप समेत लगाएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like