- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं: प्रधानमन्त्री सुशील कार्कीले नेपालमै अवसरको खोजी गर्न र मुलुक निर्माणमा योगदान पुर्याउन युवा विद्यार्थीहरुलाई प्रेरित गरेकी छिन्।
आइतबार काठमाडौंमा आयोजित नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विद्यार्थीहरुलाई स्वदेशमै रहँदै अवसर पहिचान गर्न र चुनौतीसँग डटेर सामना गर्नुपर्नेमा जोड दिइन्। उनले भने, “मुलुकमा देखिने समस्याबाट भाग्ने होइन, नयाँ अवसर सिर्जना गरेर जहाँ गए पनि नेपालले गर्व गर्न सक्ने नागरिक बन्नुहोस्।”
समारोहमा प्रधानमन्त्री कार्की स्वयं कुलपतिको रूपमा उपस्थित थिइन् र विज्ञान, स्वास्थ्य तथा प्रविधि, सामाजिक शास्त्र तथा शिक्षा, व्यवस्थापन तथा कानुन सङ्कायका ५४५ विद्यार्थीलाई दीक्षित गरिन्। तीमध्ये १९१ विद्यार्थी समारोहमा उपस्थित थिए। उनले उत्कृष्ट प्रदर्शन गर्ने स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई कुलपति पदक पनि प्रदान गरिन्।