Monday, March 2, 2026

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सुनुवाइ सम्पन्न, आदेश प्रतीक्षामा


काठमाडौँ | नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ। उक्त रिट न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा सुनुवाइ भएको हो भने अब अदालतको आदेश आउन बाँकी रहेको छ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका चौधरीको मनोनयन निर्वाचन आयोगले खारेज गरेपछि उनी सर्वोच्च अदालत पुगेका थिए। टीकापुर घटनासँग सम्बन्धित कर्तव्य ज्यान मुद्दामा तीन तहको अदालतबाट दोषी ठहर भइसकेकाले निर्वाचन आयोगले उनको उम्मेदवारी अमान्य गरेको हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीले उम्मेदवारी दर्ता गराएका थिए। तर आयोगले बिहीबार उनको उम्मेदवारी खारेज गरेपछि उक्त विषय न्यायिक प्रक्रियामा पुगेको हो।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like