Sunday, May 31, 2026

प्रधान न्यायाधीश सिफारिसको असर सर्वोच्चमा, पेसी सूची प्रकाशनमै ढिलाइ


काठमाडौं । चौथो वरीयताका न्यायाधीश मनोजकुमार शर्माको नाम प्रधान न्यायाधीशमा सिफारिस भएपछि त्यसको प्रभाव सर्वोच्च अदालतको पेसी व्यवस्थापनमा समेत देखिन थालेको छ ।

पछिल्लो समय सर्वोच्च अदालतले शनिबार र आइतबार सार्वजनिक बिदा दिन थालेपछि दैनिक पेसी सूची बिहान साढे ९ बजेदेखि १० बजाभित्र सार्वजनिक हुँदै आएको थियो । तर शुक्रबार भने सवा ११ बजेसम्म पनि पेसी सूची सार्वजनिक हुन सकेन ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले प्राविधिक कारणले पेसी सूची प्रकाशनमा ढिलाइ भएको बताएका छन् । उनका अनुसार न्यायाधीशहरू भेला भएर गोला तान्ने प्रक्रिया निर्धारित समयभन्दा करिब दुई घण्टा ढिला भएपछि पेसी व्यवस्थापन प्रभावित भएको हो ।

प्रधान न्यायाधीश नियुक्ति सिफारिसको विषयलाई लिएर न्यायालयभित्र अन्योल र चासो बढिरहेका बेला पेसी सूचीमै ढिलाइ भएपछि त्यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like