Monday, June 1, 2026

कम तौलको सूर्यमुखी तेल बिक्री गरेको आरोपमा उद्योग सञ्चालक पक्राउ, ९०५ कार्टुन बरामद


काठमाडौं । ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक विजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । छहारी र ओमकार ब्रान्डको सूर्यमुखी तेल उत्पादन गर्ने उक्त कम्पनीले तोकिएको मापदण्डभन्दा कम परिमाणको तेल प्याकेजिङ गरी बिक्री वितरण गरेको आरोप लागेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार बजारमा बिक्री भइरहेको सूर्यमुखी तेलमा कम तौल राखिएको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा तेलको प्याकेजिङमा निर्धारित मापदण्डभन्दा कम परिमाण फेला परेपछि सञ्चालक श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साथै प्रहरीले ९०५ कार्टुन सूर्यमुखी तेल पनि बरामद गरेको छ ।

ललितपुरको गोदावरी नगरपालिका–५, लेलेस्थित उद्योगबाट उत्पादन भइरहेको तेलमा अनियमितता भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे थप अनुसन्धानका लागि श्रेष्ठलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like