Monday, March 2, 2026

प्रसिद्ध चलचित्र पत्रकार दिनेश सिटौला ४३ वर्षमा असामयिक निधन


काठमाडौं - चर्चित चलचित्र पत्रकार दिनेश सिटौला असामयिक निधन भएका छन्। उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक प्रकार) बाट पीडित थिए।

सिटौला अछाममा कार्यरत रहेका बेला अचानक बेहोस भएर ढलेका थिए र शुक्रबार काठमाडौं ल्याएर ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको थियो। चिकित्सकहरूले आज दिउँसो १२ः४५ बजे उनलाई मृत घोषणा गरेका हुन्। उनको दाहसंस्कार आजै पशुपति आर्यघाटमा हुने तयारी भइरहेको छ।

४३ वर्षीय सिटौला अविवाहित थिए। उनका पिता, एक दिदी र दुई दाजुभाइ छन्। चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष रहेका सिटौलाले सयौं नेपाली चलचित्रहरूको प्रचार-प्रसारमा सक्रिय योगदान दिएका थिए।

उनले हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियान टोलीसँग अछाममा काम गरिरहेका थिए।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like