Monday, June 1, 2026

प्रेस स्वतन्त्रतामा सरकार प्रतिबद्ध, तर गरिमा र सीमा कायम गर्न सञ्चारमन्त्रीको आग्रह


काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सरकार प्रेसलाई नियन्त्रण गर्ने कुनै मनसायमा नरहेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले सरकार पूर्ण रूपमा प्रेस स्वतन्त्रताको पक्षमा रहेको दोहोर्याए ।

मन्त्री तिमल्सिनाले संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी दिएको उल्लेख गर्दै यो अधिकार कसैले पनि हनन गर्न नसक्ने बताए । तर, प्रेस स्वतन्त्रता नाममा स्वच्छन्दता हुन नहुने उनको भनाइ थियो ।

“प्रेस स्वतन्त्रताको अधिकार संविधानले दिएको हो, यसलाई आज, भोलि वा पर्सी कसैले कुण्ठित गर्न सक्दैन,” उनले भने, “तर प्रेसले आफ्नो गरिमा र सीमा पनि कायम राख्नुपर्छ।” उनले प्रेसले जिम्मेवार ढंगले काम गरे सरकार हस्तक्षेप गर्न आवश्यक नपर्ने स्पष्ट पारे ।

मन्त्री तिमल्सिनाले प्रेस काउन्सिल नेपाल र चलचित्र सेन्सर बोर्डलाई अझ सक्षम र प्रभावकारी बनाउने सरकारको प्रतिबद्धता रहेको पनि जानकारी दिए । साथै, मन्त्रालयसँग सम्बन्धित नीति तथा कार्यक्रम र बजेटबारे आएका सुझावलाई सरकारले गम्भीरतापूर्वक लिने आश्वासन उनले दिए ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like