- by समाचार कक्ष
- Mar 06, 2025
पाल्पामा शनिबार साँझ भएको ट्रिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा अर्घाखाँचीको शीतगंगा नगरपालिका-४ सिद्धारका २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक, रुपन्देहीको देवदह नगरपालिका-२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली तथा तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदी रहेका छन्। गम्भीर घाइते भएका चिदीको भैरहवा मेडिकल कलेज, रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको हो।
यो दुर्घटना माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडकखण्डमा भएको हो। लु२ख ४५२५ नम्बरको खाली ट्रिपर झडेवाबाट रहबासस्थित चुनढुङ्गा खानीतर्फ जाँदै गर्दा करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
घटनाको विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।