कञ्चनपुरमा भारतीय कारको ठक्कर: साइकलयात्रीको ज्यान गयो
-
By
समाचार कक्ष
-
Mar Sun, 2026
-
in
समाचार
कञ्चनपुरमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक जना साइकलयात्रीको मृत्यु भएको छ।
भिमदत्त नगरपालिका-५ बनगाउँमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको युके ०६ बीएन २८२९ नम्बरको भारतीय कारले ठक्कर दिँदा स्थानीय ६५ वर्षीय मोहन शाही गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न कार र चालक, भारतको रुद्रपुर निवासी ४० वर्षीय राजेश कुमारलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ।