Monday, June 1, 2026

पाकिस्तानमा रेलमार्गमा भीषण विस्फोट, २० जनाको मृत्यु र दर्जनौँ घाइते


काठमाडौं । पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन् |

आइतबार भएको विस्फोटपछि रेलका तीन वटा डिब्बा पटरीबाट उत्रिएका थिए भने दुई वटा डिब्बा पल्टिएको बताइएको छ |

प्रत्यक्षदर्शीका अनुसार विस्फोट निकै शक्तिशाली भएकाले घटनास्थल आसपास पार्क गरिएका सवारीसाधनमा क्षति पुगेको थियो । नजिकका केही घरमा समेत क्षति पुगेको जनाइएको छ |

घटनापछि सेना र प्रहरीको टोली तत्काल घटनास्थलमा परिचालित गरिएको छ । यद्यपि, विस्फोटको कारण र क्षतिको विस्तृत विवरणबारे अधिकारीहरूले औपचारिक जानकारी सार्वजनिक गरिसकेका छैनन् |

पाकिस्तानका रेलमन्त्री मुहम्मद हनिफ अब्बासीले घटनाको कडा शब्दमा निन्दा गरेका छन् । रेलवे विभागद्वारा जारी विज्ञप्तिअनुसार क्वेटा क्यान्टबाट आएको शटल ट्रेन चमन गेट नजिकै विस्फोटमा परेको थियो |

उनका अनुसार विस्फोटका कारण इन्जिनसहित तीन वटा कोच रेलमार्गबाट बाहिरिएका थिए भने दुई वटा कोच पल्टिएका थिए |

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like