Thursday, September 4, 2025

रूसको भीषण आक्रमणमा युक्रेनमा २१ जनाको मृत्यु, बेलायत–ईयूद्वारा कडा प्रतिक्रिया


१३ भदौ, काठमाडौं ।
रूसले बिहीबार युक्रेनमाथि हालसम्मकै एकदम ठूलो सैन्य आक्रमण गर्दै ५९८ ड्रोन र ३१ क्षेप्यास्त्र प्रहार गरेको छ। बीबीसीका अनुसार, उक्त हमलामा चार बालबालिकासहित २१ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्।

यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा भएको भेटवार्ताको मात्र १३ दिनपछि भएको हो, जसले यो हमलालाई कूटनीतिक रूपमा थप संवेदनशील बनाएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणपछि प्रतिक्रिया दिँदै भने, “रूसले शान्ति होइन, मिसाइल रोजेको छ।”

यस हमलामा ब्रिटिश काउन्सिलको कार्यालय क्षतिग्रस्त भएको छ। रूसी आक्रमणमा बेलायती सरकारी सम्पत्तिमा क्षति पुगेको यो पहिलोपटक हो। साथै, युरोपेली संघ (ईयू) को मिसन भवनहरूमा समेत क्षति पुगेको पुष्टि भएको छ।

बेलायत र ईयूले आक्रमणपछि रूसी राजदूतहरूलाई तलबारीमा बोलाई स्पष्टिकरण मागेका छन्। बेलायतले घटनालाई अस्वीकार्य भन्दै रूसलाई कडा चेतावनी दिएको छ। ह्वाइट हाउसले भने वार्ता प्रक्रिया अझै जारी रहने प्रतिक्रिया दिएको छ।

भारतलाई अमेरिकी सांसदको चेतावनी

यसैबीच, अमेरिकी सिनेटर लिन्डसे ग्राहामले युक्रेनमाथिको रूसी आक्रमणपछि भारतलगायत केही देशहरूलाई परोक्ष रूपमा चेतावनी दिएका छन्।

सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै उनले भनेका छन्, “भारत, चीन, ब्राजिललगायत देशहरूले रसियाबाट सस्तो तेल किनेर पुटिनको युद्ध मेसिनलाई ऊर्जा दिइरहेका छन्।”

उनले थप लेखेका छन्, “तपाईंहरूको खरिदका कारण निर्दोष मानिसहरूको ज्यान गइरहेको छ। तीमध्ये बच्चाहरू पनि छन्।”

ग्राहामले एक भिडियो पनि शेयर गरेका छन्, जसमा आक्रमणमा बालबालिकासहित १५ जनाको मृत्यु देखाइएको छ। अन्त्यमा उनले भनेका छन्, “भारतले पुटिनलाई समर्थन गर्ने मूल्य तिरेको छ। अब बाँकी देशहरूको पालो आउनेछ।”

युक्रेनमा युद्ध अझै चर्कंदै जाँदा यो आक्रमणले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा गम्भीर असर पार्ने विश्लेषण भइरहेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like