Monday, March 2, 2026

नेदरल्यान्ड्सको १४० रनमा सीमित प्रदर्शन, नेपालसामु १४१ रनको चुनौती


काठमाडौं, ८ माघ - आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि १४१ रनको लक्ष्य पाएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनायो। नेदरल्यान्ड्सका कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रनको योगदान दिइन् भने स्टेर कालिसले ३० रन जोडिन्। त्यस्तै, रोबिन रिकेले १९ रन बनाउँदा आइरिस ज्विलिङ १४ रनमा अविजित रहिन्।

सुरुआतमै १५ रनको योगफलमा दुई विकेट गुमाएको नेदरल्यान्ड्सलाई बाबेट र कालिसले ७९ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए।

नेपालका तर्फबाट रुबिना क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिइन्। रिया शर्मा, सुमन विष्ट र पूजा महतोले समान १–१ विकेट हात पारे।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like