Sunday, September 7, 2025

नेपालमा धर्म प्रचार र भिसा दुरुपयोगका आरोपमा विदेशी नागरिकहरू डिपोर्ट, अमेरिकन नागरिकलाई ११ वर्षको प्रतिबन्ध


काठमाडौं, ७ भदौ — नेपालमा धर्म प्रचार गरेको आरोपमा पक्राउ परेका अमेरिकी नागरिक डानियल एस कर्नीलाई अध्यागमन विभागले ५० हजार रुपैयाँ जरिवाना तिराएर देश निकाला (डिपोर्ट) गर्ने निर्णय गरेको छ। उनलाई आगामी ११ वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको छ।

कर्नीलाई भदौ ९ गते इसाई धर्म प्रचार गरेको र बालगृहका बालबालिकालाई धर्म परिवर्तन गर्न लगाएको आरोपमा पक्राउ गरिएको थियो। विभागको अनुसार, उनले भिसाको उद्देश्य विपरीत कार्य गर्दै धर्म प्रचार तथा परिवर्तनको गतिविधिमा संलग्नता देखिएको पुष्टि भएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।

त्यस्तै, फ्रान्सकी नागरिक माथिल्ड नाथाइललाई पनि पर्यटक भिसामा व्यवसाय र डिजिटल कारोबार गरेको पाइएपछि ५० हजार जरिवाना सहित तीन वर्षका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ।

इन्डोनेसियाका चार नागरिकले टर्किस भाषा पढाउने र धर्म प्रचार गरेको आरोपमा समान रुपमा ५० हजार जरिवाना र तीन वर्षको प्रतिबन्ध लगाइएको अध्यागमन विभागले जनाएको छ।

अध्यागमन विभागले भिसाको दुरुपयोग तथा नेपालमा अवैध रूपमा धार्मिक प्रचार, व्यावसायिक तथा शैक्षिक क्रियाकलापमा संलग्न विदेशी नागरिकहरूमाथि निगरानी बढाएको जानकारी दिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like