- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, १३ जेठ । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड रुपैयाँ पुगेको अनुमान गरिएको छ । आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।
सर्वेक्षणअनुसार नेपालको कुल अर्थतन्त्रमा बागमती प्रदेशको योगदान सबैभन्दा बढी रहेको छ । बागमतीले कुल अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा ओगटेको छ भने कर्णाली प्रदेशको योगदान सबैभन्दा कम ४.२ प्रतिशत मात्रै रहेको उल्लेख गरिएको छ ।
आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्रमा उपभोगमुखी प्रवृत्ति अझै उच्च रहेको देखाएको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उपभोगको हिस्सा ९०.३ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
यस्तै, चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५१३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५३५ डलर तथा प्रतिव्यक्ति खर्चयोग्य आय २ हजार ५५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।