Monday, June 1, 2026

फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता युवक मृत फेला


पोखरा । पोखरास्थित फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोलाका करिब २७ वर्षीय रिवाज गुरुङ रहेका छन् ।

गुरुङ बुधबार फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बलको २४ नम्बर गण कालिकाबाट गोताखोरसहित १३ सदस्यीय टोली परिचालन गरिएको थियो ।

सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्रीको नेतृत्वमा खटिएको टोलीले खोजतलास गर्ने क्रममा बिहीबार बिहान ३ः३५ बजे गुरुङलाई अचेत अवस्थामा फेला पारी उद्धार गरेको थियो ।

उद्धारपछि उनलाई तत्काल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लगिएको भए पनि चिकित्सकले परीक्षणका क्रममा मृत घोषणा गरेका थिए ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like