Saturday, July 18, 2026

नेपाल राष्ट्र बैंक र पर्यटनसम्बन्धी विधेयक संसदीय समितिमा, अब दफावार छलफल हुने


काठमाडौं, २४ असार — प्रतिनिधिसभाले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ र पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेका थिए।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाउने प्रस्ताव सभासमक्ष पेश गरेका थिए।

दुवै प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएसँगै अब यी विधेयकमाथि सम्बन्धित संसदीय विषयगत समितिमा दफावार छलफल हुने प्रक्रिया अघि बढ्नेछ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like