- by समाचार कक्ष
- Mar 06, 2025
नेपाली कांग्रेसले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गर्ने तयारी गरेको सुदूरपश्चिम प्रदेश स्तरीय अन्तरक्रियात्मक कार्यक्रम स्थगित गरेको छ ।
पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले आगामी जेठ ११ गतेका लागि तय गरेको सदस्यता अद्यावधिकसम्बन्धी कार्यक्रम विशेष कारण देखाउँदै स्थगित गरिएको हो ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल ले शुक्रबार जारी गरेको विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्म कार्यक्रम स्थगित रहने उल्लेख गरिएको छ ।
क्रियाशील तथा साधारण सदस्यताको व्यवस्थापन र अद्यावधिकलाई प्रभावकारी बनाउने उद्देश्यसहित देशव्यापी अभियान अन्तर्गत उक्त कार्यक्रम आयोजना गर्न लागिएको थियो । कांग्रेसले सदस्यता प्रणालीलाई व्यवस्थित र सुदृढ बनाउन विभिन्न प्रदेशमा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।