Thursday, April 16, 2026

नेकपाको केन्द्रीय बैठक पेरिसडाँडामा: पार्टी एकता, महाधिवेशन र आगामी कार्ययोजना छलफलको केन्द्रबिन्दु


काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठक सोमबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ।

बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रतिवेदनलाई प्रत्येक सदस्यले अध्ययनका लागि प्राप्त गरेका छन्।

बैठकमा मुख्य रूपमा पार्टी एकता, आन्तरिक समायोजन, आगामी महाधिवेशन र आगामी कार्ययोजना सम्बन्धी विषयमा छलफल भएको बताइएको छ। यसअघि बिहीबार बसेको बैठकमा पनि यी एजेन्डाहरू पारित भएको थियो।

पार्टी स्रोतका अनुसार, बैठकले आगामी रणनीति र संगठनात्मक सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like