Thursday, April 16, 2026

अर्थमन्त्री वाग्लेको आग्रह : सेयर बजारमा आतंकित नहुनुहोस्, अनैतिक काम गर्नेमाथि मात्र कारबाही


काठमाडौँ - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारलाई अनावश्यक रूपमा आतंकित पार्ने काम भइरहेको स्पष्ट पार्दै लगानीकर्तालाई नआत्तिन आग्रह गर्नुभएको छ।

आर्थिक पत्रकार समाज (सेजन)सँगको भेटवार्तामा उहाँले सरकारको उद्देश्य लगानीकर्तामाथि कारबाही गर्नु नभई, अनैतिक काम गर्नेमाथि मात्र कानुनबमोजिम कारबाही हुने उल्लेख गर्नुभयो।

वाग्लेले नेपालमा सेयर बजार अन्य क्षेत्रभन्दा बढी व्यवस्थित र पारदर्शी रहेको बताए। पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांशको सिधा खातामा भुक्तानी, कर प्रणाली स्पष्ट र किनबेचको ट्र्याक राख्न सकिने प्रणालीले बजारलाई विश्वसनीय बनाएको उनले बताए।

सरकारले सेयर बजारलाई डिजिटलाइजेसनको नमूना क्षेत्र बनाउने योजना अघि बढाइरहेको र यदि कसैले इन्साइडर ट्रेडिङ, म्यानिपुलेसन वा अन्य अनैतिक काम गरेको खण्डमा कानुनअनुसार कारबाही हुने उहाँले स्पष्ट पारे।

अर्थमन्त्रीले भने, “अहिले लगानीकर्ताले प्यानिक हुनु आवश्यक छैन। आगामी दिनमा बजार सुधारका लागि पनि काम हुनेछ। नेप्से पुनर्संरचना प्रतिवेदनको आधारमा सुधार अघि बढाइनेछ।

उहाँले सरकारको प्राथमिकता नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नु रहेको र सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराधमा अनुसन्धान अकाट्य प्रमाणको आधारमा मात्रै अघि बढिरहेको उल्लेख गर्नुभयो।

अन्ततः, वाग्लेले स्पष्ट पार्नुभयो कि संस्था वा व्यक्तिलाई लक्षित गरेर दुख दिने उद्देश्य सरकारको छैन, र न्यायको काम अदालतमार्फत हुने भएकाले सबै कारबाही कानुनअनुसार मात्र हुनेछ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like