Monday, March 2, 2026

नेकपाको आत्मविश्वास उच्च, एमाले र रास्वपा कमजोर देखिए


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता अग्निप्रसाद सापकोटाले एमाले कार्यकर्ता इतिहासमै पहिलो पटक रक्षात्मक अवस्थामा देखिएका बताए। पार्टी नेतृत्वको कमजोरी र भदौ २३ गतेको घटनाले एमालेका कार्यकर्तामा निराशा सिर्जना गरेको उनको दावी छ।

नेकपाको आधिकारिक फेसबुक पेजमा सार्वजनिक भिडिओमा सापकोटाले आफ्नो पार्टीले १६४ क्षेत्रमा उम्मेदवारी दर्ता गराएपछि आत्मविश्वास बढेको उल्लेख गरे। उनले भने, “हाम्रो रिपोर्ट धेरै सकारात्मक छ। इतिहासमै पहिलो पटक एमालेका कार्यकर्ता रक्षात्मक बनेका छन्। जेजे भएपनि कांग्रेस फुटिसकेको छ, र नयाँ दलको लोकप्रियता पनि घट्दै गएको छ।”

सापकोटाले काठमाडौंसहित देशभर नयाँ दलको लोकप्रियता अस्थायी भएको र दीर्घकालीन नहुने बताए। उनले रास्वपा र बालेनबीच भएको सहमतिलाई पनि “पानीको फोका जस्तै” ठानेर आलोचना गरे। उनका अनुसार त्यहाँ कुनै स्पष्ट राजनीतिक दर्शन, दृष्टिकोण, नीति, योजना वा कार्यक्रम छैन।

नेकपाले आफू जनताको बीचमा अझ स्थापित हुँदै गएको दाबी गर्दै, सापकोटाले भने, “हामीले जनताको आलोचना स्वीकार्दै कमजोरी सुधार गरेका छौं। देशका लागि आवश्यक पहल लिन हामी सधैं तयार छौं।”

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like