Monday, June 1, 2026

मनि लाउण्डरिङ अनुसन्धानमा कडाइ: सुलभ अग्रवाल र दीपक भट्टको हिरासत १२ दिन थप


काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) सम्बन्धी कसुरमा अनुसन्धानका क्रममा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टलाई थप १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

विशेष अदालत काठमाडौंका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अनुसन्धान अझै नसकिएको निष्कर्ष निकाल्दै म्याद थपको आदेश जारी गरेको हो।

अदालतको निर्णयअनुसार सुलभ अग्रवालको हकमा छैटौँ पटक तथा दीपक भट्टको हकमा पाँचौँ पटक म्याद थप गरिएको हो। यो अवधि वैशाख २३ गतेदेखि लागू हुनेगरी निर्धारण गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले दुवै व्यवसायीमाथि मनि लाउण्डरिङ तथा सम्बन्धित अन्य कसुरमा अनुसन्धान गरिरहेको छ। विभागले सरकारी वकिलको रायसहित अभियोजन प्रक्रिया अघि बढाउन बाँकी रहेको भन्दै थप समय मागेको थियो।

हालै संशोधन गरिएको सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत मुद्दा हेर्ने क्षेत्राधिकार र प्रक्रियामा परिवर्तन आएकाले संयुक्त अनुसन्धान टोलीले सोही अनुसार अनुसन्धान अगाडि बढाइरहेको जनाइएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like