- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेताहरूलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग तुलना गरेका छन्। राष्ट्रिय युवा सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई ‘जोकर’ भनेर सम्बोधन गरेको कुरा पनि स्मरण गराए।
बस्नेतले भने, “आज नेपालमा विदेशी एजेन्डाबाट प्रभावित नेताहरू डबल अवतारमा जेलेन्स्कीझैं भूमिका खेलिरहेका छन्। विदेशी स्वार्थ पूरा भएपछि तिनले आफ्नो वास्तविक रंग देखाउनेछन् - नेता होइन, जोकर। राष्ट्र बेच्न तयार रहेका जोकरहरूको बारेमा युवा पुस्ताले सचेत रहनुपर्छ।”
उनले थपे कि पश्चिमी मुलुकहरूले नेपाललाई युद्धको मैदान र रकेट प्रक्षेपणको प्लेटफर्मको रूपमा प्रयोग गर्ने षड्यन्त्र गर्दैछन्। साथै, उनले न्याय प्रणालीमाथि प्रश्न उठाउँदै रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता नलिने सर्वोच्च अदालतको निर्णयलाई न्यायको पूरा प्रक्रिया नभएको प्रमाणको रूपमा प्रस्तुत गरे।