- by समाचार कक्ष
- Mar 06, 2025
मंगलसेन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अछाम पुगेका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै रास्वपाबाट अछाम क्षेत्र नम्बर २ का उम्मेदवार भूपदेव शाहको पक्षमा चुनावी अभियानमा सहभागी हुन उनी मंगलसेन आइपुगेका हुन्।
मंगलसेनमा आयोजित कार्यक्रममा नेता शाहले उम्मेदवार भूपदेवसँगै स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका एजेन्डा र निर्वाचनका प्राथमिकताबारे धारणा राखेका थिए।
सुदूरपश्चिमका विभिन्न जिल्लामा संगठन सुदृढीकरण र प्रचार गतिविधि तीव्र पारिरहेको रास्वपाका लागि वरिष्ठ नेताहरूको सक्रिय उपस्थितिले कार्यकर्ता तथा समर्थकमा नयाँ ऊर्जा थपिएको पार्टीले जनाएको छ।