- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ, २६ चैत - प्रधानमन्त्री बालेन्द्र शाहले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार रवि लामिछानेको सिफारिसका आधारमा मन्त्री मेहतालाई सचेत गराइएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले श्रममन्त्री दीपक कुमार साह लाई पदबाट हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन प्रधानमन्त्रीसमक्ष औपचारिक सिफारिस गरेका थिए।
लामिछानेले आफ्नो पत्रमा पार्टी विधानअनुसार पदको दुरुपयोग भएको अवस्थामा सम्बन्धित व्यक्तिलाई जिम्मेवारीबाट फिर्ता बोलाउन सकिने व्यवस्था रहेको उल्लेख गर्दै यस्तो कदम आवश्यक भएको बताएका थिए। साथै, स्वास्थ्यमन्त्रीले आफ्नो जिम्मेवारीमा अपेक्षित गम्भीरता नदेखाएको भन्दै सचेत गराउनुपर्ने धारणा पनि व्यक्त गरिएको थियो।
उक्त सिफारिसकै आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई औपचारिक रूपमा सचेत गराएका हुन्। मन्त्री मेहता चैत १३ गते मात्र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्।