- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - ललितपुर जिल्ला अदालतले अब खाजाको समयमा समेत सेवाग्राहीलाई निरन्तर सेवा दिने व्यवस्था गरेको छ। अदालतको प्रशासन शाखाले जारी गरेको सूचनाअनुसार, अदालतका कर्मचारीहरुलाई खाजाको समयमा काम रोक्न नहुने निर्देशन दिइएको छ।
सूचनामा भनिएको छ कि दिउँसोको खाजा समय आईतबारदेखि बिहीबार १ः३० बजेदेखि २ः३० बजेसम्म र शुक्रबार १ः०० बजेदेखि २ः०० बजेसम्म तोकिएको छ। यसअघि सो समयमा अदालतको सेवा रोकिएको भए पनि अब मिति २०८२/१२/१७ देखि अदालतको खाजा समयमा समेत कुनै रोकावट बिना सेवा प्रवाह हुने व्यवस्था मिलाइएको छ।
प्रशासन शाखाले सम्पूर्ण सेवाग्राहीलाई यसबारे जानकारी दिन सूचनाको प्रकाशन गरेको छ।