Thursday, April 16, 2026

एमाले संसदीय दलको नेतृत्वमा प्रतिस्पर्धा: युवा नेताहरूले ‘बादल’लाई उम्मेदवारी फिर्ता लिन आग्रह


काठमाडौं - नेकपा एमालेभित्र संसदीय दलको नेताको चयनका लागि सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ। यस क्रममा रामबहादुर थापासुहाङ नेम्बाङबीच प्रतिस्पर्धा हुने देखिएको छ।

दुवै नेताले उम्मेदवारी नछाडेपछि एमालेका युवा नेताहरूले पार्टीको वर्तमान अवस्था र समयको मागलाई ध्यानमा राख्दै थापालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।

युवा नेता नरेश रोकयाले सामाजिक सञ्जालमार्फत समयको परिस्थिति बुझ्दै थापाले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका छन्। त्यस्तै, अनेरास्ववियुका पूर्व अध्यक्ष समिक बडालले पनि नेतृत्व पदभन्दा जिम्मेवारी महत्वपूर्ण हुने उल्लेख गर्दै आवश्यक अवस्थामा योग्य व्यक्तिका लागि बाटो खुला गर्नु नै सच्चा नेतृत्वको विशेषता भएको बताएका छन्।

उनले युवाको विश्वास केवल शब्दले होइन, व्यवहारबाट जित्न सकिने भन्दै पार्टीले दूरदृष्टि र इमानदारीसहित निर्णय गर्नुपर्नेमा जोड दिएका छन्। साथै, संसदीय दलले जनअपेक्षालाई सम्मान गर्दै विवेकपूर्ण निर्णय लिनुपर्ने धारणा व्यक्त गरेका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like