Wednesday, April 15, 2026

खाडीमा उच्च सतर्कता: इरानबाट सम्भावित मिसाइल-ड्रोन आक्रमणको चेतावनीपछि तीन देशमा अलार्म


९ चैत, काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच खाडी क्षेत्रका बहराइन, यूएई र कुवेतले सम्भावित मिसाइल तथा ड्रोन आक्रमणको जोखिमबारे सतर्कता सूचना जारी गरेका छन्।

BBC का अनुसार यी देशहरूले इरानबाट हुन सक्ने आक्रमणको आशंकामा नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका हुन्।

बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत अलार्म सायरन सक्रिय गरिएको जानकारी दिँदै सर्वसाधारणलाई शान्त रहन र नजिकको सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ। साथै, आधिकारिक स्रोतबाट आउने सूचनामात्र पालना गर्न पनि आग्रह गरिएको छ।

त्यसैगरी, संयुक्त अरब इमिरेट्स (यूएई) को रक्षा मन्त्रालयले देशको एयर डिफेन्स प्रणालीले इरानबाट आउन सक्ने मिसाइल र ड्रोन खतराको प्रतिकार गरिरहेको जनाएको छ। मन्त्रालयका अनुसार हाल सुनिएका आवाजहरू ती आक्रमणलाई रोक्ने प्रयासकै परिणाम हुन्।

उता कुवेतको सेनाले पनि देशको वायु सुरक्षा प्रणाली सक्रिय भई शत्रुपक्षबाट हुन सक्ने मिसाइल र ड्रोन आक्रमणको सामना गरिरहेको जनाएको छ। सेनाका जनरल स्टाफले विष्फोटजस्ता आवाजहरू सुरक्षा प्रणालीले आक्रमण निष्क्रिय पार्ने क्रममा उत्पन्न भएको स्पष्ट पारेका छन्।

कुवेतले समेत नागरिकलाई सुरक्षा निकायबाट जारी निर्देशनहरू कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like