Sunday, May 31, 2026

काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस अनियन्त्रित भएर दुर्घटनाग्रस्त, २ जनाको अवस्था गम्भीर


१२ जेठ, बुटवल । काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । दुर्घटनामा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कपिलवस्तु प्रहरीका अनुसार कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस महाराजगञ्ज नगरपालिका–४ बरइपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा आज बिहान करिब सवा ३ बजे अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम र १७ जना सामान्य घाइते रहेका छन् । सबै घाइतेलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरी प्रमुख मनोहर भट्टले जानकारी दिएका छन् ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like