Monday, March 2, 2026

“कसैका घोषणापत्र, कसैका बहिष्कार पत्रका संकेत देखिँदैछन्” : एमाले नेता गोकुल बास्कोटाको निर्वाचन विश्लेषण


८ फागुन, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटा ले आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनको विषयमा अन्योलता सिर्जना गर्ने प्रयास भइरहेकाले सावधान रहन जरुरी भएको बताएका छन्।

अगामी निर्वाचन नजिकिँदै गर्दा बाहिर प्रचार र भित्रको सट्याक-सूटुक बढ्दै गएको बास्कोटाले सामाजिक सञ्जालमार्फत बताएका छन्। उनका शब्दमा, “चुनाव त खै के ? खै के ? हुन्छ कि के हो ? बाहिर प्रचार जोरिलो छ, भित्र सट्याक-सूटुक बढ्दो छ।”

बास्कोटाको अभिव्यक्तिले पूर्वराजा ज्ञानेन्द्र शाह ले हालै ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको सन्देशलाई लक्षित गरेको देखिन्छ। पूर्वराजा ज्ञानेन्द्रले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान नगरी निर्वाचनमा जानु उपयुक्त नहुने धारणा व्यक्त गर्दै वर्तमान परिस्थितिलाई सामान्य नभएको बताएका थिए।

यस सन्दर्भमा बास्कोटाले भने, “कसैका घोषणा पत्र त कसैका बहिष्कार पत्रका छनक दिने वक्तव्य। जाली कुरा नगरी भन - डुंगा तार्ने आफैं हौं वा अरू? थप पानी नधमिल्याउ।” उनका अनुसार, निर्वाचन प्रक्रिया व्यवस्थित र स्पष्ट रहनु आवश्यक छ र भ्रम सिर्जना गर्ने अभिव्यक्तिहरूले लोकतान्त्रिक वातावरण कमजोर पार्न सक्ने खतरा रहेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like