Thursday, April 16, 2026

कार्की सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक नै चैत १ ? सत्ता हस्तान्तरणअघि अन्य बैठक नबस्ने संकेत


काठमाडौं -  नेतृत्वको अन्तरिम सरकारको कार्यकाल सकिन लागेसँगै अन्तिम मन्त्रिपरिषद् बैठकबारे अन्योल देखिएको छ।

तीन दिनपछि उनले बालेन्द्र साहलाई सत्ता हस्तान्तरण गर्ने तयारीमा रहेकी छन्। मध्यावधि निर्वाचन गराउने उद्देश्यसहित गठन भएको सरकार आफ्नो जिम्मेवारी पूरा गर्दै विदा हुने चरणमा पुगेको हो।

संवैधानिक व्यवस्था अनुसार निर्वाचनपछि नयाँ सरकार गठन हुँदा वर्तमान प्रधानमन्त्रीले अलग्गै राजीनामा दिनु नपर्ने हुन्छ। चैत १३ गते बालेन्द्र साहले प्रधानमन्त्रीको रूपमा सपथ लिएसँगै कार्की स्वतः निवर्तमान हुनेछन्।

यता, कार्यकाल सकिन केही दिन मात्र बाँकी रहँदा पनि नयाँ मन्त्रिपरिषद् बैठक बोलाउने कुनै तयारी नभएको स्रोतले जनाएको छ। चैत १ गते बसेको अघिल्लो बैठकमै प्रधानमन्त्री कार्कीले उक्त बैठक नै अन्तिम हुन सक्ने संकेत दिएकी थिइन्।

वन तथा वातावरणमन्त्री माधव चौलागाईंका अनुसार सोही दिन मन्त्रीहरूबीच सामूहिक फोटोसमेत खिचिएको थियो, जसलाई अन्तिम दिन मात्र सार्वजनिक गर्ने तयारी छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले पनि आकस्मिक अवस्था बाहेक अब अर्को मन्त्रिपरिषद् बैठक बस्ने सम्भावना नरहेको बताए।

चैत १ गतेको बैठकले जेनजी आन्दोलनसम्बन्धी छानबिन समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको थियो। उक्त प्रतिवेदन सार्वजनिक गर्ने विषयमा भने सरकार अझै निर्णयमा पुग्न सकेको छैन।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like