Thursday, April 16, 2026

भदौ २४ को जलेको पैसाबारे गगनको छानबिन माग, देउवा निवासलाई संकेत


काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र हाल चर्चामा रहेका भ्रष्टाचारका सबै घटनाबारे अनुसन्धान हुनुपर्ने बताएका छन्।

पार्टीको केन्द्रीय समिति बैठकमा उनले छानबिन प्रक्रियालाई आरोप–पेट्यारोपको विषय नबनाई पारदर्शी र कानूनी ढाँचामा अघि बढाउनुपर्ने बताए। उनले भने, “यसको जिम्मेवारी पार्टीले मात्र लिन सक्दैन, जसले गरेको हो उसले जवाफ दिनुपर्छ। गिरीबन्धु, वाइडबडी, ललिता निवासका घटनाहरूको पनि छानबिन हुनुपर्छ।”

त्यसैगरी उनले पूर्व सभापति शेरबहादुर देउवाको निवासलाई संकेत गर्दै भदौ २४ गते भेटिएको र जलेको पैसाबारे पनि अनुसन्धान हुनुपर्ने माग गरे।

गगन थापाले कुनै पूर्वाग्रह नराखी कानुनी ढाँचामा छानबिन गर्नुपर्ने र गलत काम गर्नेहरूलाई कडा कारबाही गर्नुपर्ने पनि जोड दिए। उनले यस किसिमका छानबिनमा पार्टीको पूर्ण समर्थन रहने स्पष्ट पारे।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like