Thursday, April 16, 2026

‘तेल भिसा’का निर्माता पक्राउ : २५० जनालाई ठगी गरी भारतमा लुकेका कार्की समातिए


काठमाडौं - चलचित्र ‘तेल भिसा’का निर्माता शिवराज कार्की वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको हो। सिन्धुलीको सुनकोशी गाउँपालिका–७ घर भएका कार्कीले विदेश पठाइदिन्छु भन्दै ठूलो संख्यामा सर्वसाधारणलाई ठगेको आरोप लागेको छ।

प्रवक्ता मनोहर भट्टका अनुसार उनीविरुद्ध वैदेशिक ठगीका ६ वटा पक्राउ पुर्जी जारी भएका थिए। हालसम्म २५० जनालाई ठगी गरेको आशंका गरिएको छ भने १०० भन्दा बढी पीडित प्रहरीको सम्पर्कमा आइसकेका छन्।

पासाङ नोर्बु तामाङसहितका पीडितहरूले उनीविरुद्ध उजुरी दिएका थिए। पक्राउपछि उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहचल पठाइएको छ।

कार्कीले काठमाडौंको चाबहिल क्षेत्रमा ‘पी एण्ड एम इनोभेशन सर्भिस’ नामक कन्सल्टेन्सी सञ्चालन गर्दै आएका थिए। यसअघि पनि उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो।

पछिल्लो तीन महिनादेखि नयाँ दिल्लीस्थित पहाडगञ्जमा लुकेर बस्दै आएका उनीसँग भारतीय आधार कार्ड र प्यान कार्ड समेत फेला परेको प्रहरीले जनाएको छ। उनी त्यहाँ ‘अन्नपूर्ण फास्टफुड’ सञ्चालन गर्दै बस्दै आएको पनि खुल्न आएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like