- by समाचार कक्ष
- Mar 06, 2025
इनिसा विक हत्या प्रकरणका दोषीलाई कडा कारबाहीको माग गर्दै अमेरिकाको न्यूयोर्कस्थित क्विन्सको ज्याक्सन हाइट्स डाइभर्सिटी प्लाजामा नेपाली समुदायले शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले न्यायको माग गर्दै नाराबाजी गरेका थिए भने मृतक विकको आत्माको चिर शान्तिको कामना गर्दै दीप प्रज्वलन पनि गरिएको थियो। कार्यक्रममा अमेरिका बसोबास गर्दै आएका नेपाली अधिकारकर्मी, पत्रकार, कलाकार तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उल्लेखनीय छ कि सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वन क्षेत्रमा किशोरी इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटना सार्वजनिक भएपछि देश तथा विदेशमा व्यापक आक्रोश देखिएको छ।