कांग्रेस अनुशासन समितिको कडा कदम? पूर्णबहादुर खड्कामाथि कारबाहीको तयारी
-
By
समाचार कक्ष
-
Apr Wed, 2026
-
in
समाचार
काठमाडौं - नेपाली कांग्रेसको अनुशासन समितिको बैठक अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ। केही समयअघि सुरु भएको उक्त बैठकमा पार्टी अनुशासन उल्लङ्घनसँग सम्बन्धित विषयहरूमा गम्भीर छलफल भइरहेको जनाइएको छ।
विशेषगरी, कार्यवाहक सभापतिको भूमिकामा रहेका पूर्णबहादुर खड्काले दोस्रो पटक वक्तव्य जारी गरेपछि उत्पन्न परिस्थितिलाई लिएर बैठक केन्द्रित भएको बताइएको छ।
यसअघि पार्टीले खड्कालाई चेतावनी दिएको थियो। तर, पछिल्लो घटनाक्रमपछि अनुशासन समितिले थप कडा कदम चाल्दै स्पष्टीकरण सोध्ने तयारी गरिरहेको स्रोतले जनाएको छ।
यसैबीच, अनुशासन समितिको बैठक सम्पन्न भएपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्ने कार्यक्रम तय गरिएको छ।