Friday, April 17, 2026

पूर्वमन्त्री दिपक खड्काको रिटमाथि सुनुवाइ सम्पन्न, सर्वोच्चको निर्णय पर्खाइमा


काठमाडौं - पूर्वमन्त्री दिपक खड्काद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतमा सम्पन्न भएको छ।

उक्त रिटको सुनुवाइ सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठशान्तिसिंह थापाको संयुक्त इजलासमा परेको थियो। कानुनी प्रक्रियाअनुसार दुवै पक्षका वकिलहरूले आ-आफ्नो बहस प्रस्तुत गरेका थिए।

सुनुवाइका क्रममा खड्काको पक्षबाट उनको पक्राउ तथा हिरासतसम्बन्धी विषय उठाइएको थियो भने सरकारी पक्षले कानुनी आधारहरू प्रस्तुत गरेको बताइएको छ। केहीबेर अघि सकिएको बहससँगै अब अदालतको निर्णयको प्रतीक्षा गरिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like